काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा सांसदहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा गणेश नेपालीको घटनाबारे धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङले सरकारको आलोचना गर्ने सांसदहरूले ‘घाँटी सुक्ने गरी चिच्याएको’ टिप्पणी गरेका थिए। सोही अभिव्यक्तिलाई लिएर सांसद शर्माले आपत्ति जनाएका हुन्।
सांसद शर्माले गृहमन्त्रीको भनाइले सांसदहरूको मर्यादा र सम्मानमा आँच पुगेको जिकिर गर्दै उक्त अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको बताए।
‘सदनमा बोल्ने सांसदहरूलाई ‘घाँटी सुक्ने गरी चिच्याएको’ भन्न मिल्दैन। यसले सांसदहरूको अपमान गरेको छ। त्यसैले गृहमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयोस्,’ उनले सभामुखसमक्ष माग गरे।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार












प्रतिक्रिया