काठमाडौं । सर्लाहीमा आत्मदाह प्रयास गरेका ३५ वर्षीय विवेक मण्डललाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

सर्लाहीको गोडैता नगरपालिका–१० निवासी मण्डलले शुक्रबार पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रविन्द्र पौडेलका अनुसार उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो।

प्रहरीका अनुसार मण्डललाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ। प्रारम्भिक जानकारीअनुसार उनी मानसिक समस्याबाट पीडित रहेको उनका आफन्तले बताएका छन्।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com