काठमाडौं । भारतीय सञ्चारमाध्यम फर्स्टपोस्टले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणबारे समाचार प्रकाशित गरेको छ।

समाचारअनुसार, प्रधानमन्त्री शाह निकट भविष्यमा भारत भ्रमणमा जाने तयारी भइरहेको छ। भ्रमणका मिति र एजेन्डाबारे नेपाल र भारतबीच छलफल जारी रहेको जनाइएको छ।

फर्स्टपोस्टले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई नयाँ दिल्ली भ्रमणका लागि निमन्त्रणा दिएको र शाहले उक्त निमन्त्रणा स्वीकार गरेको दाबी गरेको छ। यद्यपि, भ्रमणको मिति भने अझै तय भइसकेको छैन।

यसबीच नेपाल सरकारले भने प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे कुनै औपचारिक जानकारी वा पुष्टि गरेको छैन।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com