काठमाडौं । होल्डिङ सेन्टर पुगेका जेनजी अभियानी माजिद अन्सारीसहित तीन जना प्रहरी नियन्त्रणमा

कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियानी माजिद अन्सारीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बागमती नदीको बाढीले होल्डिङ सेन्टर प्रभावित भएपछि त्यहाँ रहेका विस्थापितहरूको अवस्था बुझ्न पुगेका अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार बाढी प्रभावितलाई अन्यत्र सार्ने क्रममा होहल्ला भएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
यसक्रममा माजिद अन्सारीलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनको अनुहारबाट रगत बगेको देखिन्छ।

अन्सारीले आफूलाई प्रहरीको कुटपिटबाट चोट लागेको दाबी गरेका छन्। उता जेनजी मुभमेन्ट अलायन्सले होल्डिङ सेन्टरमा पुगेका आफ्ना प्रतिनिधिमाथि प्रहरीद्वारा दुर्व्यवहार र कुटपिट भएको आरोप लगाउँदै घटनाको विरोध गरेको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com