काठमाडौं ।  बझाङको केदारस्युँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिकाको सीमाक्षेत्रमा भएको बोलेरो जिप दुर्घटनाका गम्भीर घाइतेहरूको उद्धारका लागि पठाइएको हेलिकप्टर अत्यधिक कुहिरोका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकी चैनपुर फर्किएको छ।

बाक्लो कुहिरोका कारण दृश्यता अत्यन्त कम भएपछि हेलिकप्टर सुरक्षित रूपमा अवतरण गर्न नसकेको हो। त्यसपछि गम्भीर घाइतेहरूलाई एम्बुलेन्समार्फत जिल्ला सदरमुकाम चैनपुर ल्याउने तयारी गरिएको छ।

घाइतेहरूको जिल्ला अस्पताल बझाङमा प्राथमिक उपचार गरिनेछ। मौसममा सुधार आएपछि आवश्यकताअनुसार हेलिकप्टरमार्फत सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने तयारी रहेको स्थानीय प्रशासनले जनाएको छ। उद्धारका लागि गएको हेलिकप्टर आज बझाङमै रहने पनि बताइएको छ।

यसअघि केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले जिल्ला प्रशासन कार्यालय बझाङलाई पत्राचार गर्दै तत्काल हेलिकप्टर सेवा उपलब्ध गराइदिन अनुरोध गरेका थिए। हेलिकप्टर सेवाको खर्च केदारस्युँ र दुर्गाथली गाउँपालिकाले संयुक्त रूपमा व्यहोर्ने निर्णय गरेका छन्।

दुर्घटनामा हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने आठ जना गम्भीरचार जना सामान्य घाइते भएका छन्। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com