‘द लिटिल शाइनिङ स्टार–२०८३’को उपाधिमा जेभियर इन्टरनेशनल स्कुलको वर्चस्व

‘द लिटिल शाइनिङ स्टार सिजन २ – २०८३’ सम्पन्न, जेभियर इन्टरनेशनल स्कुलका उत्सव निरौला र एन्जेलिका कार्की बने सिनियर विजेता



काठमाडाैं । क्लासिक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सम्पन्न बाल प्रतिभा प्रतियोगिता ‘द लिटिल शाइनिङ स्टार–२०८३’ को भव्य फिनाले ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न भएको छ। विभिन्न विद्यालयका बालबालिकाको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा जेभियर इन्टरनेशनल स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै सिनियर समूहका दुवै मुख्य उपाधि जितेर आफ्नो दबदबा कायम गरेको छ।

प्रतियोगिताको सिनियर समूहतर्फ उत्सव निरौला (जेभियर इन्टरनेशनल स्कुल) ‘बोइज विनर’ तथा एन्जेलिका कार्की (जेभियर इन्टरनेशनल स्कुल) ‘गर्ल्स विनर’ घोषित भए। जेभियर इन्टरनेशनल स्कुलका विद्यार्थीले दुवै मुख्य उपाधि जित्नुका साथै अन्य विधामा पनि उत्कृष्ट उपस्थिति जनाएका थिए।

जुनियर समूहतर्फ निओन तामाङ (एलिट ग्रान्ड स्कुल) ‘बोइज विनर’ तथा डीभिजा रिमाल (टेक्सास इन्टरनेशनल स्कुल) ‘गर्ल्स विनर’ घोषित भए । त्यसैगरी किड्स समूहको उपाधि आहाना गौतम (सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुल) ले जितिन्।

प्रतियोगिताको मोस्ट पपुलर अवार्डतर्फ देवान्श धनाजी भोसले (बोइज) र दिक्षिता लुइँटेल (गर्ल्स) विजेता बने। यस्तै भ्यूअर्स च्वाइस अवार्डतर्फ देवान्श धनाजी भोसले (बोइज) र इभाना गौतम (जेभियर इन्टरनेशनल स्कुल) (गर्ल्स) विजेता घोषित भए।

कार्यक्रमको आयोजना क्लासिक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टले गरेको हो। कार्यक्रमकी आयोजक दीपा थानी, इभेन्ट म्यानेजर दीप राज पाण्डे, कोरियोग्राफर लभिन अन्सारी तथा सह–कोरियोग्राफर माला रानी खरेल रहेका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा मोडल तथा अभिनेता रोहन श्रेष्ठ, बिभा बस्नेत, रुथ सिवाकोटी र नारायण पोखरेल रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको व्यक्तित्व, आत्मविश्वास, प्रस्तुति, स्टेज प्रदर्शन तथा समग्र प्रतिभाका आधारमा विजेता छनोट गरेका थिए।

बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘द लिटिल शाइनिङ स्टार–२०८३’ ले विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। विशेषगरी जेभियर इन्टरनेशनल स्कुलका विद्यार्थीले सिनियरतर्फ दुवै उपाधिसहित भ्यूअर्स च्वाइस गर्ल्स अवार्ड जित्दै प्रतियोगितामा आफ्नो उत्कृष्ट उपस्थिति प्रमाणित गरेका छन्।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com