काठमाडौं । बाँकेको राप्ती नदीको कम्दी क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी कार्य जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव आइतबार फेला परेको हो। सोही स्थानकी ११ वर्षीया खुशी सिजापति अझै बेपत्ता रहेकी छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नदी क्षेत्रमा उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो करिब ४ बजे घरबाट निस्किएका दुवै बालबालिका साँझसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए। घटनाबारे स्थानीय भैँसी गोठालाले शनिबार राति परिवारलाई जानकारी दिएपछि खोजी अभियान सुरु गरिएको थियो।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com