काठमाडाैं । स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा  २ हजार  ८०० रुपैयाँ गिरावट आएको हो।

आइतबार प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर दुई लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १०० रुपैयाँले घटेर चार हजार ३७५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com