काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको घटनामा सरकारकै संलग्नता रहेको दाबी गरेका छन्। उनले अव्यवस्थित पार्किङको पीडा देखाउन सरकारले साङ्केतिक विरोध गरेको टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ढकालले सुकुम्बासीको वास्तविक पीडा बुझ्न मन्त्रीका सन्तानलाई केही दिन सुकुम्बासी बस्तीमा बस्न दिनुपर्ने कटाक्ष गरे। सञ्चारगृहअगाडि पार्क गरिएका गाडीको विषयमा हालसम्म आधिकारिक जानकारी सार्वजनिक नभएको बेला रास्वपाले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया