काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता–पूर्व) को देवचुली नगरपालिका–३ र १२ लाई जोड्ने बौलाहा खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारको करिब रु ६ करोड ३० लाख लागतमा बनेको ४५ मिटर लामो पुलले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको समस्या हटाएको छ।
पुल सञ्चालनसँगै दुई वडाबीच सुरक्षित र सहज आवतजावत सम्भव भएको छ। स्थानीयका अनुसार यसले कृषि उत्पादन ढुवानी, शिक्षा, स्वास्थ्य सेवा तथा बजार पहुँचलाई सहज बनाउनेछ। साथै, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएका बेला यो मार्ग वैकल्पिक सडकका रूपमा समेत उपयोग गर्न सकिने जनाइएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार











प्रतिक्रिया