काठमाडौं । विशेष अदालतले बाँके मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृतसहित चार जनालाई जग्गा हिनामिना तथा भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

अदालतले मृतक सुर्ता कुर्मीको नाममा रहेको जग्गा गैरकानुनी रूपमा नामसारी गरिएको ठहर गर्दै तत्कालीन मालपोत अधिकृत ऋषिराम के.सी., नायब सुब्बा ताराप्रसाद खनाल, लिलावती कैराती र विरेन्द्र कुमार कुर्मीलाई दोषी ठहर गरेको हो। साथै, हिनामिना गरिएको उक्त जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्न आदेश दिएको छ।

यही मुद्दामा आरोपित अशोककुमार भट्टराई, कर्णबहादुर पुन र मानबहादुर बोगटी भने प्रमाण अभावमा सफाइ पाएका छन्। अदालतका अनुसार सर्वोच्च अदालतसम्मबाट दाबी खारेज भइसकेको जग्गा गलत कागजात तयार गरी नामसारी गरिएको पुष्टि भएपछि दोषीलाई सजाय सुनाइएको हो।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com