काठमाडौं । काठमाडौं जिल्ला अदालतले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आगामी साउन ३२ गते पेशी तोकेको छ।
राजेश अहिराज पूर्वप्रदेश प्रमुख हुनुका साथै पत्रकार तथा मधेशवादी अभियन्ता पनि हुन्। उनी २०७७ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका थिए भने पछि सरकार परिवर्तनसँगै पदमुक्त भएका थिए।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार












प्रतिक्रिया