काठमाडौं ।  नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै ठगी गरिएको बहुचर्चित प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै ठगी कसुरमा २ वर्ष कैद र १५ हजार रुपैयाँ, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। राज्यविरुद्धकै अभियोगमा थप ६ महिना कैदसमेत हुने भए पनि एकीकृत सजायअनुसार पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ।
यसअघि असार २४ गते अदालतले उक्त प्रकरणमा १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनाले सफाइ पाएका थिए। राजनीतिक नेतृत्व, उच्च सरकारी कर्मचारी र बिचौलियाको संलग्नता रहेको यो बहुचर्चित प्रकरणको अन्तिम सजाय निर्धारण मंगलबार गरिएको हो।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com