काठमाडौं । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी विरोध प्रदर्शन गरेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अनेरास्ववियुका निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय समिति सचिव सुदीप थापा र सिरिस बुढाथोकी रहेका छन्।

अनेरास्ववियुले बुधबार बिहान सिंहदरबारको गेटअगाडि मोटरसाइकल पार्किङ गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको थियो। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले तत्काल हस्तक्षेप गर्दै प्रदर्शनमा सहभागी नेताहरूलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com