काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ८०० रुपैयाँले बढेको हो।

मंगलबार २ लाख ८४ हजार रुपैयाँ काराेबार भएकाे  सुनको मूल्य आज बुधबार २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले बढेर चार हजार ४१५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com