काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले २०४६ सालपछिको राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा असफल देखाउने प्रयास लोकतान्त्रिक व्यवस्थामाथिको प्रश्न भएको बताएका छन्। उनले लोकतान्त्रिक प्रणालीको उपलब्धिलाई नकार्दै निरंकुश शासनको पक्षमा जनमत सिर्जना गर्ने प्रयास भइरहेको आरोपसमेत लगाए।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले केही सांसदहरूले ‘२०४६ सालपछि देशमा केही पनि भएन’ भन्ने भाष्य स्थापित गर्न खोजेको भन्दै त्यसप्रति आपत्ति जनाए।
उनले यस्तो धारणा राख्नेहरूलाई लक्षित गर्दै प्रश्न गरे, ‘के २०४६ सालपछिको सम्पूर्ण राजनीतिक परिवर्तनलाई अस्वीकार गर्न खोजिएको हो? के त्यसो भन्नुको अर्थ निरंकुश र तानाशाही व्यवस्था नै सही थियो भन्ने सन्देश दिन खोजिएको हो? अनि के हामी कानुनी शासन र लोकतान्त्रिक व्यवस्थाको पक्षमा छैनौँ भन्न खोजिएको हो?’
महरले लोकतान्त्रिक आन्दोलनपछि मुलुकले हासिल गरेका राजनीतिक, संवैधानिक र संस्थागत उपलब्धिलाई नजरअन्दाज गर्नु उचित नहुने उल्लेख गर्दै तथ्यमा आधारित राजनीतिक बहस गर्न सांसदहरूलाई आग्रह गरे।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया