काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरण अगाडि सडक पार गर्ने क्रममा ईभी माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
बुधबार भएको दुर्घटनामा काभ्रेका ७३ वर्षीय माधवप्रसाद खनाल गम्भीर घाइते भएका थिए। उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बागमती प्रदेश–०१–००२ ज ७०१२ नम्बरको माइक्रोबसका चालक मकवानपुरका २१ वर्षीय रामबहादुर थिङलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया