काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झा केन्द्रीय कारागारबाट रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अदालतको आदेशअनुसार कैद अवधि पूरा भएपछि उनलाई थुनामुक्त गरिएको केन्द्रीय कारागारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई रिहा गरेको हो। प्रहरीले भारतबाट पक्राउ गरी २०८१ असार १५ गते काठमाडौं ल्याएपछि उनी निरन्तर थुनामा थिए। अनुसन्धानका क्रममा उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रामशरण केसीसँग दुई करोड रुपैयाँको चेक लिएको आरोप लागेको थियो।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया