काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जनतासँग निरन्तर संवादमा रहन आग्रह गर्दै संसद् र जनताबीचको सम्बन्ध बलियो भए लोकतन्त्र अझ उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने बताएका छन्। उनले जनताका आवाज, अपेक्षा र सुझावलाई संसदीय प्रक्रियामा प्रभावकारी रूपमा प्रतिबिम्बित गर्नु प्रत्येक सांसदको प्रमुख दायित्व भएको उल्लेख गरे।

प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बस्ने जानकारी दिँदै सभामुख अर्यालले त्यसअघिसम्म सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनताका गुनासा, सुझाव र सेवा प्रवाहप्रतिको प्रतिक्रिया संकलन गर्नुपर्ने बताए। उनले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ बनाउने अभियानमा सांसदहरूको सक्रिय भूमिका आवश्यक रहेको पनि उल्लेख गरे।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com