काठमाडौं । कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरी धरपकडका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत शनिबार प्रहरीको बल प्रयोगका क्रममा घाइते भएका अन्सारीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। उपचार पूरा भएपछि बुधबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।
अस्पतालबाट छुटेसँगै राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा उनी प्रहरी हिरासतबाट पनि मुक्त भएका छन्। अन्सारीका कानुन व्यवसायीले अब घटनासम्बन्धी कानुनी उपचार तथा यातनाविरुद्धको हक संरक्षणका लागि प्रक्रिया अघि बढाइने र त्यसका लागि मानव अधिकार आयोगको प्रतिवेदनलाई आधार बनाइने बताएका छन्।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार












प्रतिक्रिया