काठमाडौं । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंको गौरीनगरस्थित आफ्नै निवासमा निधन भएको छ।
‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक तथा प्रकाशक रहेका शर्माले नेपाली साहित्यमा उल्लेखनीय योगदान दिएका थिए। उनका चर्चित कृतिहरूमध्ये ‘महापुरुष’, ‘दिवास्वप्न’, ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ प्रमुख मानिन्छन्।
दिवंगत शर्माको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार












प्रतिक्रिया