काठमाडौं । २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगलागी हुँदा नष्ट भएका करिब २० हजार मिसिलमध्ये १८ हजार पुनःस्थापित (पुनर्जीवित) गरिएको सर्वोच्च अदालतले जनाएको छ। ती मिसिलहरूको प्रमाणीकरण सम्पन्न भइसकेको छ र अहिले नियमित रूपमा सुनुवाइ तथा फैसला प्रक्रिया अघि बढिरहेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बाँकी करिब २ हजार मिसिल पनि एक महिनाभित्र प्राप्त हुने अपेक्षा गरिएको छ। मिसिल प्राप्त हुनेबित्तिकै सम्बन्धित मुद्दाहरू पेसीमा चढाएर सुनुवाइ प्रक्रिया अघि बढाइने उनले बताए।
आगलागीपछि सर्वोच्चले ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति तथा प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२’ जारी गर्दै युद्धस्तरमा पुनःस्थापना अभियान सञ्चालन गरेको थियो। सो अभियानअन्तर्गत कानुन व्यवसायी, सरकारी वकिल, मुद्दाका पक्ष तथा विभिन्न सरकारी निकायबाट उपलब्ध प्रतिलिपि, अभिलेख र विद्युतीय कागजात संकलन गरी मिसिल पुनःनिर्माण गरिएको हो।
निर्देशिकाअनुसार संकलित मिसिलहरूलाई मुद्दाको
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार












प्रतिक्रिया