काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ। विशेष सरकारी वकिल कार्यालयले २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित अभियोगपत्र दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा अभियोगपत्र पेस गरेको जनाएको छ।

अभियोगपत्रमा व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा पौडेलले आफ्नो पद र प्रभावको दुरुपयोग गर्दै आर्थिक लाभ लिने उद्देश्यले सहजीकरण गरेको आरोप लगाइएको छ।

सरकारी पक्षका अनुसार श्रीराम टोवाको उद्योग प्रालिको उच्च मूल्य रहेको सेयर कृत्रिम रूपमा न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेट म्यानेजमेन्ट प्रालिलाई हस्तान्तरण गराउन भूमिका खेलेको आरोप पौडेलमाथि लगाइएको छ।

उक्त कार्यबाट गैरकानुनी आर्थिक लाभ हासिल गर्ने उद्देश्य राखिएको दाबी गर्दै सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत २० करोड ९० लाख रुपैयाँ बिगो दाबी, सजाय तथा अन्य कानुनी कारबाहीको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com