काठमाडौं।  संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले बिहीबार प्रतिवेदन पेस गरेको हो।

कार्यदलले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, संविधानविद्, कानुनविद्, विभिन्न क्षेत्रका विज्ञ तथा संघ–संस्थासँग परामर्श गरी प्रतिवेदन तयार गरेको जनाएको छ। साथै, स्वदेश तथा विदेशबाट प्राप्त ४४ हजार ६१३ डिजिटल सुझावसहित विभिन्न स्रोतबाट संकलित रायका आधारमा संविधान संशोधनसम्बन्धी प्रतिवेदन तयार गरिएको बताइएको छ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com