काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट गर्दै मातहतका कर्मचारीलाई घुस नलिन कडा चेतावनी दिएका छन्। एक रुपैयाँ घुस लिएको प्रमाण भेटिए पनि आफू व्यक्तिगत रूपमा कारबाहीमा उत्रिने उनले बताए।
जिल्ला प्रशासन कार्यालय गोरखाका कर्मचारीसँगको भेटमा उनले बिचौलियामार्फत सेवा प्रवाह, नागरिकता लगायतका काममा हुने अनियमितता स्वीकार्य नहुने बताए। कर्मचारीलाई जनतासँग शिष्ट व्यवहार गर्दै इमानदारीपूर्वक सेवा दिन निर्देशन दिँदै समस्या देखिए सिधै जानकारी गराउन पनि आग्रह गरे।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया