काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ होटलमा छापा मार्न पुगेका छन्। असार ३० मा मिटरब्याज पीडितलाई भेट्न बाराको सिमरा पुगेका गुरुङ काठमाडौँ फर्किने क्रममा पर्साको ठोरी स्थित होटलमा पुगेर छापा मारेका हुन्।

बिहीबार साँझ ठोरी बजारमा रहेको ठोरी दोहोरी साँझ र रिसोर्ट ठोरी क्याम्प फायर होटलमा आफ्नो टिम सहित पुगेका गुरुङले त्यसपछि प्रहरीलाई खबर गरेका थिए । गृहमन्त्री होटलमा छापा मार्न गएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली ठोरी पुगेको थियो । पर्साबाट ठोरी बजार ४५ किलोमिटर पश्चिम पर्छ।

मन्त्रीको नेतृत्वमा छापा मारेर प्रहरीले ११ जनालाई दुई वटा होटलबाट पक्राउ गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका एक जना अधिकृतका अनुसार पक्राउ पर्नेमा ७ जना महिला र अरू पुरुष छन् । मिटरब्याजीका प्रतिनिधिहरूलाई वार्ता गर्न सिमरा विमास्थलबाट काठमाडौँतर्फ पठाएपछि उनी चितवन फर्किने क्रममा ठोरीको होटलमा छिरेका हुन्। पर्सामा कार्यरत एक जना प्रहरी अधिकृत भन्छन्, ‘उहाँलाई बाटोमा कसैले ती होटलमा वेश्यावृत्ति हुने सूचना दिएको रहेछ त्यही भएर छाप मार्न छिर्नुभएको रहेछ।’

होटलबाट पक्राउ गरिएका अधिकांशलाई पर्सा प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। होटल सञ्चालकलाई मानव बेचबिखन सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले जानकारी दिए।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com