बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको राजमार्ग चौराहामा टिपरले ठक्कर दिँदा ईभी साइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–५ बैङ्क रोड भैरहवाका ६० वर्षीय तारचन सुनारको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशामा गुडिरहेको ईभी साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार दुर्घटनापछि टिपर चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com