काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित सावायेहाङ किरात महिम मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी–७ का ३१ वर्षीय दिवश दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन्। साउन १ गते राति कानेपोखरी चोकमा सवारी चेकजाँचका क्रममा उनीहरू चोरीका सामानसहित पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट ६० वटा तामाका कलश, ४६ वटा तामाका दीयो, १२ वटा घण्टी, ३ वटा तामाका थाली, ६२ वटा ढकी डलर, ६६५ रुपैयाँ नगद तथा चोरीमा प्रयोग भएको स्कुटर बरामद गरेको जनाएको छ। ताला फुटाउन प्रयोग हुने औजारसमेत फेला परेको प्रहरीले बताएको छ। पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com