काठमाडौं ।  चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका विभिन्न स्थानबाट शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–३ की ५ वर्षीया सकिना खातुन, कैलारी गाउँपालिका–५ का ७० वर्षीय सन्तराम चौधरी, घोडाघोडी नगरपालिका–१ का २० वर्षीय सागर शाही तथा अछामको कमलबजार नगरपालिका–६ का ६५ वर्षीय नन्दसिंह सुनार रहेका छन्।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–११ मा अन्दाजी ६५ वर्षीय पुरुष र डोटीको दिपायल सिलगढी नगरपालिका–३ मा अन्दाजी ५० वर्षीया महिला मृत अवस्थामा फेला परेका छन्। उनीहरूको परिचय भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पठाएको जनाएको छ भने सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com