काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४:३० बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर स्थानीय म्याग्निच्युड ५.० को भूकम्प गएको हो।

भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा पनि महसुस भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com