काठमाडौं । प्यूठानको ऐरावती गाउँपालिका–५ पकलास्थित झिमरुक खोलामा एक पुरुषको शव फेला परेको छ।
मृतक गौमुखी गाउँपालिका–४ वाग्लिवाङ घर भई हाल प्यूठान नगरपालिका–४ बिजुवारमा बस्दै आएका ४२ वर्षीय राजेश सुनार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुनार शनिबार बेलुकादेखि डेराबाट सम्पर्कविहीन थिए। खोजीका क्रममा बिजुवारस्थित गणतान्त्रिक खेल मैदान नजिक खोला किनारमा उनले प्रयोग गर्दै आएको लु १२ प ८३०० नम्बरको मोटरसाइकल, चप्पल र मोबाइल फेला परेको थियो।
त्यसपछि प्रहरीले सोही क्षेत्रमा खोजी गर्दा झिमरुक खोलाबाट उनको शव फेला पारेको हो। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार













प्रतिक्रिया