काठमाडौं । लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आज (आइतबार) राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार चितवन र धादिङलगायतका क्षेत्रमा रातिको समयमा पहिरो खस्ने सम्भावना उच्च रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेपछि सवारी सञ्चालन रोकिएको हो।
प्रशासनले अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। लगातारको वर्षाका कारण शनिबार राति पनि यही सडकखण्डमा सवारी आवागमन रोकिएको थियो।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार













प्रतिक्रिया