काठमाडौं । गोरखामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। आरुघाट गाउँपालिका–२ माथिल्लो कटुञ्जेकी ६५ वर्षीया धनकुमारी गुरुङको आइतबार दिउँसो करिब साढे ३ बजे करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाख्रा चराउन गएकी गुरुङलाई रुखमा सर्ट भएर प्रवाह भएको विद्युत् करेन्ट लागेको थियो। सो क्रममा विद्युत् पोलमा आगलागीसमेत भएको र घटनामा उनका पाँच वटा बाख्राको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर बेहोस भएकी गुरुङलाई स्थानीयवासी र प्रहरीले तत्काल उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्याएका थिए। तर अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार













प्रतिक्रिया