म्याग्दी । म्याग्दीमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ देविस्थान पन्थुकका २२ वर्षीय बिकल विक रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
बालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरी टोलीले विकलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार













प्रतिक्रिया