काठमाडौं । सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटी औल्याइदिएका निश्चित ब्याच नम्बरका उत्पादनहरू बजारबाट फिर्ता लिएको छ ।
चाउचाउ उत्पादनका क्रममा सिमित ब्याचमा सामान्य त्रुटी भएको विभागले औल्याएपछि सीजी फुड्सले यस्ता उत्पादन बजारबाट तत्कालै फिर्ता लिई उपभोक्ताका लागि बजारमा गुणस्तीय उत्पादन रहेको सुनिश्चित गरेको हो ।
विभागले गोलमोल इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2D, २०८३.०१.११, वाइवाइ फुल मिल इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–२०२६–०५–१४, प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2,C,२०८३.०१.२८ र मामा इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–२०२६–०५–१३ मा त्रुटी औल्याएको थियो । विभागले त्रुटी औल्याउनासाथ सीजी फुड्सले यि ब्याचका उत्पादन बजारबाट फिर्ता लिएको हो ।
सीजी फुड्सले यो त्रुटी बर्दियास्थित प्लान्टबाट उत्पादित एवं सोही सिमित एरियामा वितरित वस्तुहरुमा मात्रै रहेको र यसलाई तत्कालै निराकरण गरिएको पनि स्पष्ट पारेको छ । यस बाहेक नेपालका अन्य कुनै पनि क्षेत्रका बजारमा समस्या नरहेको र नियोजित रुपमा फैलाउन सकिने भ्रममा विल्कुलै नपर्नुहुन पनि सीजी फुड्सले आफ्ना उपभोक्तासमक्ष अपिल गरेका छ ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार













प्रतिक्रिया