सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छ नाल अवैध भरुवा बन्दुक फेला परेको छ ।

सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनमा चार र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो।

ती दुवै ‘सामुदायिक वनमा बेवारिसे अवस्थामा अवैध बन्दुक छन्’ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौर सल्यानबाट खटिएको प्रहरी टोलीले वनमा खोजतलास गर्दा छ वटा भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।

बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाइ राखेका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए।

  • रासस

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com