काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेकको ४७ नम्बर ढोकाबाट कोशी नदीमा हाम फालेका २८ वर्षीय जयप्रकाश साहको सकुशल उद्धार गरिएको छ।
सोमबार दिउँसो भएको घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मोटरबोटको सहायताले ब्यारेजबाट करिब ९० मिटर तलबाट उनको उद्धार गरेको हो। उद्धारपछि साहको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार












प्रतिक्रिया