काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर खारेज गर्ने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को घोषणाप्रति एमाले महासचिव शंकर पोखरेलले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले, “प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्दो रहेछ, जनताको आवाज सुनेर यसरी नै सच्यिनुपर्छ,” भन्दै सरकार आलोचनापछि पछि हट्न बाध्य भएको संकेत गरेका छन्।
यसअघि चितवनमा आयोजित रास्वपाको महाधिवेशनमा प्रधानमन्त्री बालेनले आफ्नो सरकार ‘एक्सप्रेस वे’मा गुडिरहेको र गन्तव्यमा नपुगेसम्म ब्रेक नलाग्ने बताएका थिए। सोही अभिव्यक्तिलाई लक्षित गर्दै पोखरेलले कटाक्ष गरेका हुन्।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार












प्रतिक्रिया