काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शितलनिवासको मुख्य प्रवेशद्वार अगाडि आत्मदाहको प्रयास गरेका छन्। समयमै प्रहरीले हस्तक्षेप गरेपछि सम्भावित अप्रिय घटना टरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार २७ वर्षीय विशाल तामाङले आफूलाई आगो लगाउने चेतावनी दिँदै शरीरमा पेट्रोल खन्याउने प्रयास गरेका थिए। त्यसक्रममा ड्युटीमा रहेका प्रहरीले तत्काल हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिएको र साथमा रहेको पेट्रोल बरामद गरेको जनाएको छ।

रामेछापको दोरम्बा गाउँपालिका–१ घर भएका तामाङलाई नियन्त्रणपछि स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल लगिएको थियो। आवश्यक काउन्सेलिङ गरिएपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको असन्तुष्टि व्यक्त गर्दै उक्त कदम चाल्न खोजेका थिए। घटनाबारे थप आवश्यक बुझाइ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com