काठमाडौं । सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले केसीलाई पक्राउ गरेको हो। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले पक्राउको पुष्टि गरेका छन्।

प्रवक्ता गिरीका अनुसार केसीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरसम्बन्धी मुद्दामा एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध आधारहीन तथा भ्रामक सामग्री प्रसारण गरी अफवाह फैलाएको आरोप लागेको छ। सोही आरोपका आधारमा उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com