काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई राष्ट्रिय मुद्दा र जनसरोकारका विषयमा केन्द्रित गर्दै नयाँ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा कांग्रेस सभापति गगन थापाले नयाँ अभियानको घोषणा गरेका हुन्।
सभापति थापाले कांग्रेसलाई ‘नेपाली कांग्रेस फर नेसनल कज’का रूपमा अघि बढाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार अभियान आगामी भदौ २४ गते बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा औपचारिक रूपमा सुरु हुनेछ।
थापाले बदलिँदो राजनीतिक तथा सामाजिक परिस्थितिअनुसार कांग्रेसले आफ्नो भूमिका र कार्यशैलीलाई समेत परिमार्जन गर्दै राष्ट्रिय हित तथा जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
उनले नयाँ परिस्थिति र नयाँ संकल्पका साथ पार्टीलाई थप सक्रिय, जनमुखी र राष्ट्रिय मुद्दामा केन्द्रित बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताए।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया