काठमाडौं । नेपाली कांग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाएको छ।

कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाइएको घोषणा गरेका हुन्।

कांग्रेसको विशेष महाधिवेशनको पक्षमा रहँदै आएका श्रेष्ठ पछिल्लो समय अस्वस्थ छन्। उनी क्यान्सर रोगको उपचार गराइरहेका छन्।

पार्टीको नेतृत्व तहमा लामो समयदेखि सक्रिय श्रेष्ठले कांग्रेसको उपसभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com