काठमाडौं। विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा उनीहरूलाई सपथ गराउँदै आयोगलाई सुशासन, नीतिगत सुधार र नियामकीय भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिए। नवनियुक्त पदाधिकारीहरूले सरकारको सुशासनको मापदण्डअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्युत् क्षेत्रको सुधार, राष्ट्रिय खपत वृद्धि र मन्त्रालयसँग समन्वयमा परिणाममुखी कार्य गर्ने बताएका छन्।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया