काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन बिहीबार आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशपछि अग्रवाललाई ललितपुरस्थित नक्खु कारागार पठाइएको छ। अग्रवाल शंकर ग्रुपका अध्यक्ष हुन्।

अदालतले जगदम्बा स्टिल्स लिमिटेडले लिएको बैंक कर्जा दुरुपयोग भएको आधार देखिएको ठहर गरेको छ। जगदम्बा स्टिल्सबाट जारी भएका चेकमा अग्रवाल हस्ताक्षरकर्ता रहेको, उनको खातामार्फत सहअभियुक्त दीपक भट्टको खातामा रकम गएको तथा उनले विभिन्न मितिमा चेकमार्फत रकम प्राप्त गरेको स्वीकार गरेको आदेशमा उल्लेख छ।

एनएमबी बैंकको अगुवाइमा सहवित्तीयकरणमार्फत विभिन्न बैंकबाट जगदम्बा स्टिल्सले प्राप्त गरेको चालु पुँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरी सहअभियुक्त भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्स कम्पनीमा सेयर लगानी गरेर बैंकिङ कर्जाको दुरुपयोग गरेको ठहर अदालतले गरेको छ।

अग्रवाल र सुलभ अग्रवाल एउटै परिवारका सदस्य तथा कम्पनीको खाता सञ्चालनमा समान भूमिका भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै खाता सञ्चालकका रूपमा कर्जा दुरुपयोगबारे जानकारी नभएको भन्न मिल्ने अवस्था नरहेको
आदेशमा उल्लेख छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com