काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी रु १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार ५०५ रुपैयाँ रहेको चाँदी आज घटेर चार हजार ३५० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया