काठमाडौं । काठमाडौंमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

कांग्रेस सभापति थापाले व्यक्तिगततर्फबाट नेपालीको परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सभापति थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन्।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका थिए।

गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com