काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेलमाथि रौतहटमा कालोमसी प्रहार भएको छ।

आफ्नै निर्वाचन क्षेत्रमा एक सातादेखि स्थानीयसँग भेटघाट तथा अन्तरक्रियामा रहेका सांसद पौडेलमाथि मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालोमसी छ्यापेको उनको भनाइ छ।

पौडेलका अनुसार रौतहटको गढीमाई नगरपालिका–४ पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट गरिरहेका बेला मास्क लगाएका केही व्यक्तिले पछाडिबाट उनीमाथि कालोमसी प्रहार गरेका थिए।

उनका अनुसार घटना बिहीबार राति करिब ८ बजे कार्यक्रम समापन हुन लागेका बेला भएको हो।

‘हामी एक सातादेखि आफ्नै निर्वाचन क्षेत्रमा जनतासँग भेटघाट गरिरहेका थियौँ। सोही क्रममा पर्सागाउँ पुगेका थियौँ। राति करिब ८ बजेतिर कार्यक्रम समापन हुने बेला पछाडिबाट आएर कालोमसी छ्यापियो,’ पौडेलले भने।

कालोमसी प्रहारपछि ती व्यक्तिहरूले पोस्टर तथा पर्चा छर्दै नाराबाजी गरेको र त्यसपछि फरार भएको उनले बताए।

घटनाबारे प्रहरीलाई जानकारी गराएपछि कालोमसी प्रहारमा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको जानकारी आफूले पाएको सांसद पौडेलले बताएका छन्।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com