काठमाडौं । प्रहरीले धनुषाको ढल्केबरमा हवाई फायर गर्दै दुई जना भारतीय नागरिकलाई लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार शुक्रबार ढल्केबरबाट जनकपुरतर्फ जाने सडकमा प्रहरीसँग जम्काभेट भएपछि उनीहरू भाग्न खोजेका थिए। प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउन्ड हवाई फायर गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवास बोहराले जानकारी दिए।
हवाई फायरपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया