काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने भएको छ।
प्रशासनका अनुसार चालु आर्थिक वर्षको सुरुआतदेखि नै सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेकाले शनिबार र आइतबार समेत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराइनेछ।

यस्तै, धनगढी उपमहानगरपालिका–६, कैलारी गाउँपालिका–७ र गोदावरी नगरपालिका–८ का वडा कार्यालयमार्फत विवरण दर्ता गराएका सेवाग्राहीलाई तयार भइसकेका राष्ट्रिय परिचयपत्र सम्बन्धित कार्यालयबाट बुझिलिन आग्रह गरिएको छ।

गत आर्थिक वर्षमा मात्रै जिल्ला प्रशासन कार्यालय कैलालीमा ७९ हजार ५६१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका थिए।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com