काठमाडाैं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ वटा सवारी साधन तथा चालकहरू कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ९ गते बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै सडक सुरक्षालाई कडाइ गर्ने क्रममा उक्त कारबाही गरिएको जनाएको छ।

प्रहरीको विवरण अनुसार विभिन्न सामान्य ट्राफिक कसुरमा सबैभन्दा बढी ७३७ जना कारबाहीमा परेका छन्। त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्ने ८७ जना र लेन अनुशासन उल्लङ्घन गर्ने ८७ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

यसैगरी, एकतर्फी (वन-वे) सडक नियम मिच्ने ३४ जना, रातो बत्ती (रेड लाइट) पालना नगर्ने ३२ जना र अनावश्यक हर्न प्रयोग गर्ने ३३ जनालाई पनि जरिवाना गराइएको छ। त्यसैगरी, यान्त्रिक अवस्था ठीक नभएका २१ वटा सवारी साधन र अन्य प्राविधिक त्रुटि भएका ७ वटा सवारी साधनमाथि पनि कारबाही गरिएको छ।

उपत्यकाको सडक सुरक्षालाई थप व्यवस्थित र सुरक्षित बनाउन नियमित निगरानी तथा कारबाही अभियानलाई तीव्रता दिइएको भन्दै ट्राफिक प्रहरीले सम्पूर्ण सवारी चालकहरूलाई जिम्मेवार बनेर नियमको पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com